अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामाग्री वितरण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं ७ र ८ का ३० जना अपाङ्गता भएका ब्यक्तिहरुलाई सहायक सामग्रीहरु सहयोग स्वरुप वितरण गरिएको छ । वडा नं ७ र ८ को आर्थिक सहयोग र हेल्पिङ हेण्डस फाउण्डेसन अफ नेपालको ब्यबस्थापकमा आयोजक अपाङ्गता यूवा सरोकार मञ्च कैलालीले दुवै वडाका ३० जनालाई सहायक सामग्रीहरु वितरण गरिएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

जसमा दुवै वडाका १० जनालाई ह्वाल चियर, १० जनालाई बैसाखी र १० जनालाई सेतो छडी सहयोग गरिएको अपाङ्गता यूवा सरोकार मञ्चका संस्थापक मान बहादुर साउँदले जानकारी दिए ।उनले वडा नं ७ र ८ को कार्यालयद्वारा अपाङ्गता भएका ब्यक्तिहरुका लागि बिनियोजन गरेको बजेटवाट अपाङ्गता भएका ब्यक्तिहरुका लागि आवागमनमा अति आवश्यक रहेका सहायक सामाग्रीहरु सहयोग गरिएको बताए ।

Dadeldhura hospital

सहायक सामाग्रीहरु पाएपछि आफुहरुलाई एताउता आवतजावत गर्न निकै सहायता हुने कार्यक्रममा सहभागी अपाङ्गता भएका ब्यक्तिहरुले बताएका छन् । शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुको पिर मर्कालाई बुझेर वडा कार्यालयले बजेट उपलब्ध गराएपछि तत्काल समस्यामा रहेकाहरुको पहिचान गरी सामाग्री सहयोग गरिएको मञ्च संस्थापक साउँदले बताए ।

अपाङ्गता यूवा सरोकार मञ्च संस्थापक मान बहादुर साउँदको सभापतित्वमा आयोजित समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय अपाङ्ग महासघ सुदूरपश्चिकी उपाध्यक्ष पुष्पा रोकाया रहेकी थिइन् ।

यस्तै कार्यक्रममा गोदावरी ७ का वडा अध्यक्ष हेमराज ओझा र वडा नं ८ का अध्यक्ष नरेश बहादुर अधिकारी बिशिष्ट अतिथी रहेका थिए । कार्यक्रममा समाजसेवी खम्ब बुढा र दुर्गा मा.वि हाटखोलीका शिक्षक सुरत बोगटी अतिथी रहेका थिए । कार्यक्रमको संचालन अपाङ्ग एकता समाज कैलालीकी सचिब कुश्मा जोशीले गरेकी थिइन् ।

त्यसैगरी सोही कार्यक्रममा अपाङ्गता यूवा सरोकार मञ्च कैलाली अत्तरियामा गठित गोदावरी पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गरेको छ । पत्रकार मञ्चका सम्पूणर् पदाधिकारीहरुलाई टिका र खादा ओडाउदै बधाई सहित स्वागत गरिएको हो ।

Loading...