


धनगढी- कैलालीको गोदावरी र चुरे गाउँपालिकाको सीमाना भीमदत्त राजमार्गमा टिपर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।



सोमवार खानीडाँडा पिकनिक पार्क नजिक भएको दुर्घटनामा मोटराइकल सवार धनगढी-४ बोराडाँडी घर भएका ५५ वर्षीय शिव बमको ज्यान गएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनामा मोटरसाइकल सवार यम बम घाइते भएको प्रहरीले जनाएको छ ।


धनगढीबाट चुरेतर्फ गइरहेको मधेश प्रदेश ००३-००१क ३११७ नाम्बर टिपर तथा बाग्मती प्रदेश ०२- ०३५प ३८०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा सोमवार बिहान पौने एघार बजे दुर्घटना भएको प्रहरीले जनाकारी दिएको छ ।
घटना लगत्तै घाइतेहरूलाई सेती प्रादेशिक अस्पताल ल्याइएकोमा ५५ वर्षीय बमको मृत्यु भएको तथा यम बमको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अमरगढी-१ घर भएका टिपर चलाक हिक्मत दियाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





