पृथ्वी जयन्तीको अवसरमा गोदावरीमा अन्तर मावि कविता प्रतियोगिता सम्पन्न

अत्तरिया- ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८२ को अवसरमा गोदावरी नगरपालिका अन्तर्गत अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता पुष २७ गते प्रतिभा पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ। प्रतियोगिता प्रतिभा पुस्तकालयको आयोजना तथा एभरेस्ट एकेडेमी अत्तरियाको प्रायोजनमा गरिएको हो।

कार्यक्रम प्रतिभा पुस्तकालयका अध्यक्ष भूपेश जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि.एन. जोशी रहनुभएको थियो। विशिष्ट अतिथिमा गोदावरी नगरपालिका–१ का वडा अध्यक्ष गोपाल दत्त भट्ट, एभरेस्ट एकेडेमीका उप–प्रिन्सिपल धर्मराज भट्ट तथा प्रतिभा पुस्तकालयका पूर्व अध्यक्ष पुष्पराज जोशी रहनुभएको थियो।

Navadurga sun

कार्यक्रमको सञ्चालन प्रतिभा पुस्तकालयका सहसचिव हेमन्त जोशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष नरेन्द्र राज शर्माले प्रस्तुत गर्नुभएको थियो।

अन्तर मावि स्तरीय प्रतियोगितामा १७ विद्यालयका २८ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले बडा महाराज पृथ्वीनारायण शाहको जीवन, योगदान र राष्ट्रिय एकताको भावना समेटिएका कविताहरू वाचन गरेका थिए।

प्रतियोगितामा दुर्गालक्ष्मी माविकी सन्ध्या अवस्तीले प्रथम स्थान हासिल गर्दै नगद रु. ३,००० र सम्मानपत्र प्राप्त गरिन्। द्वितीय स्थान सत्यवती एकेडेमीका विभूति कडायतले नगद रु. २,००० र प्रमाणपत्र प्राप्त गरे भने तृतीय स्थान सिद्ध बाबा मावि, गेटीकी दीक्षा चौधरीले नगद रु. १,५०० र सम्मानपत्र प्राप्त गरिन्। एभरेस्ट एकेडेमीका प्रशान्त भट्टले सान्त्वना पुरस्कार स्वरूप नगद रु. १,००० र सम्मानपत्र प्राप्त गरे।

वक्ताहरूले पृथ्वीनारायण शाहको योगदान नेपाली इतिहासमा सधैं अमर रहने र उनका दिव्य उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...