माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार

कञ्चनपुर- माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० महिला तथा किशोरीहरूको उद्धार गरेको छ । वि.सं. २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म एक वर्षको अवधिमा १० जना किशोरी तथा महिलाको भारतको विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार, उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबाद बाट एक–एक जना गरी ६ जना रहेका छन् । यसैगरी भारतको दिल्ली र गाजियाबाट दुई–दुई जना गरी ४ जनाको उद्धार गरिएको संयोजक भट्टले बताइन ।

Navadurga sun
Godawari sandesh

भारतका फरक–फरक क्षेत्रमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उनीहरूको उद्धार गरिएको उनले बताइन । उद्धार भएकामध्ये ८ जना बालिका र २ महिला रहेका छन् ।

यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा विभिन्न स्थानबाट भारत लग्दै गरेको अवस्थामा २ सय ९ जनालाई रोकथाम गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाएको छ।

Loading...