
डोटी- डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । दिपायलबाट आदर्श गाउँपालिकाको गोरेलीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ च ११३५ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका–४ ल्वारेगडामा दुर्घटना हुँदा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ । जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ ।
घाइते हुनेमा आदर्श गाउँपालिका–४, देहीमाडौंका २१ वर्षीय भगवती विक, उनको १ वर्षीय छोरा राजन विक, ५ वर्षकी रीतिका विक, ३८ वर्षकी टीका विक, १९ वर्षका शेर विक, १८ वर्षकी सरस्वाती ओझा, २५ वर्षका दिल्ली राज ओझा, २३ वर्षकी बिष्ना ओझा, ४ वर्षका दीपेश ओझा, सोही वडाको भुवा बस्ने २८ वर्षीय मोहन बिष्ट, ३५ वर्षका लालबहादुर बिष्ट, २२ वर्षीय सन्तोष बिष्ट रहेका छन् ।


घाइतेको स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचार भइरहेको छ । घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा नौ सदस्यीय प्रहरी टोली खटिएको थियो ।





