


धनगढी- नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ ।



प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ ।


त्यसबाहेक त्यस्ता गतिविधीहरूको भिडिओ भए प्रहरीले इमेलमा पठाउन भनेको हो। त्यसपछि कारबाही गर्ने प्रहरीको ततारी छ।





