


कञ्चनपुर- वेदकोट नगरपालिकाको आयोजना तथा NNAWS को सहयोगमा आयोजित समुदायस्तरीय विपद् व्यवस्थापन समितिहरूका लागि विपद् जोखिम न्युनिकरण आधारभूत ३ दिने तालिमको आज एक कार्यक्रमका विच सुरु गरिएको छ । उक्त तालीमको उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भएको हो ।


उद्घाटन कार्यक्रम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा, नगर उपप्रमुख तुलसी जोशीको विशेष आतिथ्यतामा तथा NNAWS का अध्यक्ष आशोक विक्रम जैरुको आतिथ्यतामा उद्घाटन सत्र सम्पन्न भएको हो ।



नगर प्रमुख भोजराज बोहराज्यूले उद्घाटन समारोहमा बोले, “समुदायमै विपद्को खतरालाई न्यूनिकरण गर्ने कामलाई बलियो बनाउन यो तालिम महत्वपूर्ण हुने, हामी सबैले मिलेर सुरक्षित र संकट रहित समाज निर्माण गर्नुपर्नेछ ।”
यस किसिमका तालिम लिएपछि स्थानीय स्तरमै विपद् जोखिम न्यूनिकरणको चेतना फैलाउन र आपतकालीन परिस्थितिमा प्रभावकारी गर्न सक्ने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
उक्त तालिममा विपद् जोखिम न्युनिकरणका आधारभूत ज्ञान, तयारीका उपायहरू, आपतकालीन प्रतिक्रिया र राहत व्यवस्थापनका उपायहरू सम्बन्धी प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।





