डडेल्धुराका एक फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुराका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला अदालत डडेल्धुराको फैसलाले लागूऔषध खैरो हेरोइन मुद्दामा १ महिना ११ दिन कैद सजाय तोकिएपछि फरार रहेका अमरगढी नगरपालिका–२ कुसमाली बस्ने २२ वर्षीय ललित ऐर पक्राउ परेका हुन् । ऐरलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले आइतबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...