बाटो बन्द हुँदा बाजुरामा पाकेको स्याउ बारीमै थन्कियो

बाजुरा- बाजुरामा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अबरुद्ध हुँदा किसानले बजारसम्म पुर्‍याउन सकेका छैनन्। मार्तडी–कोल्टी सडक खण्ड गत असारदेखि नै बन्द भएको कारण किसानले टिपेको स्याउ बारीमै थन्किन बाध्य भएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

बुढीनन्दा नगरपालिकाका स्याउ किसान मानबहादुर रावतका अनुसार भदौको पहिलो हप्तादेखि अन्तिमसम्म स्याउ पाक्ने समय हो। उक्त अवधिभित्र बिक्री गर्न नसकेमा स्याउ सडेर जान्छ। बडिमालिका, गौमुल, बुढीगङ्गा र खप्तड छेडेदहमा सानो मात्रामा स्याउ उत्पादन हुने भए पनि स्वामीकार्तिक खापर, जगनाथ र बुढीनन्दा क्षेत्रमा भने व्यावसायिक रूपमा खेती हुन्छ। पछिल्लो समयमा किसानले फुजी, गाला र गोल्डेन जातका स्याउ लगाउन थालेका छन्।

Navadurga sun
Godawari sandesh

गत आर्थिक वर्षमा बाटो अवरुद्ध भएपछि कृषि ज्ञान केन्द्र बाजुराले खच्चडमार्फत ढुवानीको व्यवस्था गरेको थियो। तर यस वर्ष त्यो सुविधा नभएकाले किसान थप संकटमा परेका छन्। हाल बाजुरामा करिब १७० हेक्टर क्षेत्रमा स्याउ खेती हुँदै आएको छ। गत वर्ष एक हजार २० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले जानकारी दिए।

निरन्तर वर्षाका कारण बाटो खोल्न कठिन भएको भौतिक पूर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए। किसानले बाटो सुचारु नभएसम्म स्याउ नष्ट हुने डर व्यक्त गरेका छन्।

Loading...