सुदूरपश्चिमका दुई जिल्लामा ठेकेदारको लापरवाहीका कारण अक्सिजन प्लान्ट स्थापनामा ढिलाई

धनगढी, २८ भदाै- सुदूरपश्चिमका दुई जिल्लामा ठेकेदारको लापरवाहीले अक्सिजन प्लान्ट स्थापनामा ढिलाई भएको छ। असारभित्र अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि सम्झौता भएपनि दार्चुला र बैतडी जिल्ला अस्पतालमा ठेकेदारको लापरवाहीले ढिला भएको हो।

हेल्थ केयर काठमाडौंसँग अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको तीन महिना वितिसक्दा समत अहिलेसम्म प्लान्ट जडानको काम नगरिएको जिल्ला अस्पताल बैतडीले जनाएको छ। सम्झौता भएको हेल्थ केयराई प्लान्ट स्थापनाका लागि ताकेता गर्दा समेत अहिलेसम्म प्लान्ट स्थापना नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशी बताए ।

Navadurga sun

डाक्टर जोशीले भने, ‘हामीले शुरुमा असार मसान्तभित्र अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता गरेका थियौं। पछि साउन मसान्त सम्मको म्याद मागेको थियो। त्यो समयमा पनि नभएपछि अहिले भदौ मसान्त सम्म भनेको छ तर भदौमा पनि अक्सिजन प्लान्ट जडान होला जस्तो छैन्।’

केयरसँग अस्पतालले १ करोड १८ लाख प्लान्ट स्थापनाका लागि सम्झौता गरेको थियो। कोभिडले बाहिरबाट सामान आउन नसकेकोले ढिला भएको केयरले बताउँदै आईरहेको छ। असोजको पहिलो साता प्लान्ट स्थापना नभए अर्को विकल्पमा जानुपर्ने अस्पतालले सोच बनाएको छ।कोरोनाको दास्रो लहर फैलिएपछि संघीय तथा प्रदेश सरकारले प्लान्ट स्थापनाका लागि रकम दिएको थियो।

त्यसैगरी दार्चुला अस्पतालमा पनि असारमै अक्सिजन प्लान्ट स्थापनाका लागि सम्झौता भएको थियो। अक्सिजन प्लान्ट स्थापनाका लागि दुई पटक म्याद थप्दा समेत जडान हुन नसकेकाे अस्पताल प्रशासनले जनाएको छ। चीनबाट सामाग्री समयमै नआएकोले जडानमा ढिलाइ भएको ठेकेदारले प्रतिक्रिया दिदै आईरहेकाे छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...