कैलालीको गौरीगंगा नगरपालिकामा पाँच दलीय गठबन्धनले तालाबन्दी गर्‍यो

धनगढी, २८ भदौ– कैलालीको गौरीगंगा नगरपालिका कार्यालयमा पाँच दलीय गठबन्धनले तालाबन्दी गरेको छ । आफूूहरुले उठाएका ६ बुँदे माग सम्बोधन गर्न नगरपालिकाले कुनै तदारुकता नदेखाएको भन्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा सोमबार नगरपालिका कार्यालयमा तालाबन्दी गरेकाे हाे ।

Dadeldhura hospital

अनियमित तरिकाले रोयल्टी संकलन गरेको, आवश्यकता भन्दा बढी करारमा राखिएका कर्मचारीलाई हटाउनुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरिएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति दिनेश जोशीले जानकारी दिए । ‘आर्थिक अनियमितता र भ्रष्टाचारजन्य बेतिथिविरुद्धको आन्दोलनमा हामी छौं,’ उनले भने, ‘हामीले उठाएका माग सम्बोधन नभएसम्म ताला खोल्दैनौं । भ्रष्टाचार विरुद्धको संयुक्त अभियान जारी राख्छौं ।’

Navadurga sun
Godawari sandesh

गत भदौ ५ गते पाँचवटै दलले संयुक्त गठबन्धनकातर्फबाट ज्ञापनपत्र बुझाउँदै ६ बुँदे माग अघि सारेका थिए । जसमा नगर शिक्षक कार्यविधि संशोधन गर्नुपर्ने, करार कर्मचारीको हकमा समिति बनाएर आवश्यकताभन्दा बढी कर्मचारीलाई हटाउनुपर्ने, रोयल्टीको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने, विद्यालयको आवश्यकताअनुसार विद्यालय व्यवस्थापन समितिको विषय शिक्षकको दरबन्दी कायम गर्नुपर्ने, लामो समयदेखि निजी स्रोतमा काम गर्दै आएका शिक्षकहरुलाई प्रक्रिया मिलाएर नियुक्त गर्नुपर्ने र नगरपालिकाको बेरुजु फर्छ्यौट गर्नुपर्ने उल्लेख थियो ।

Loading...