नेकपा एकिकृत समाजवादी डडेल्धुराको अध्यक्षमा तुलाराम बोहरा चयन




डडेलधुरा, २६ भदाै– डडेल्धुरामा पनि नेकपा एकिकृत समाजवादी गठन गरिएको छ । आज एक भेलाको आयोजना गरी एमालेका तत्कालीन जिल्ला नेता तुलाराम बोहराको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।



नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य निरा जैरुले जिल्ला कमिटी घोषणा गरिएको पत्रकार सम्मेलन मार्फत जनाएकाे छ । कमिटीमा जिल्ला उपाध्यक्षमा प्रेम साउद, सचिव सुरेन्द्र विष्ट, उपसचिव कमला साउद रहेको जैरुले जानकारी दिए ।


समाजवादीमा डडेल्धुरामा नेकपा एमालेबाट निर्वाचित भएका ७९ जना जनपतिनिधी मध्ये अमरगढी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष खेमराज पाठक र भागेश्वर गाउँपालिकाका कार्यपालिका सदस्य प्रेम साउद समाजवादी पार्टीमा लागेका छन् ।
एमालेमा आएको विभाजनपछि तत्कालीन नेकपा एमालेका अध्यक्ष डा. तारा जोशी भने एमालेमै रहने घोषणा गरेपछि समाजवादी पार्टीमा न्यून नेता कार्यकर्ताहरू लागेका छन् ।



