एमाले कैलालीको समानान्तर कमिटी एकीकृत समाजवादीमा परिणत

अत्तरिया,२५ भदौ– कैलालीमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को जिल्ला कमिटी गठन भएको छ । शुक्रबार धनगढीमा बसेको बैठकले दीर्घ सोडारीको अध्यक्षतामा १५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । नवगठित कमिटीका सचिव विमल जोशीका अनुसार २०७५ जेठ २ को नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा रुपान्तरण गरेर नयाँ कमिटी गठन गरिएको छ ।

२०७५ जेठ २ मा एमाले कैलालीका अध्यक्ष सोडारी नै रहेका थिए । ९६ सदस्यीय जिल्ला कमिटी रहेको थियो । जसमध्ये शुक्रबारको बैठकमा ५६ जना सदस्यको उपस्थिति भएकाले तत्कालीन एमाले कमिटीलाई नेकपा (एस) मा रुपान्तरण गरेर जिल्ला कमिटी पुनर्गठन गरिएको सचिव जोशीले जनाए । शुक्रबारको बैठक पनि सोडारीकै अध्यक्षतामा बसेको थियो ।

Navadurga sun

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य माया भट्ट, पुराना कम्युनिष्ट नेताहरु हनुमान चौधरी, दिनेशचन्द्र सुवेदी, प्रदेश सदस्यहरु लक्ष्मण कुँवर, हिक्मत कुँवर, खडक बम, भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो ।सुदूरपश्चिम प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले इन्चार्ज तोकिसके पनि प्रदेश अध्यक्ष लगायतका अन्य पद्मा पदाधिकारी चयन गरि सकेको छैन ।

यसैगरी, अरु जिल्लाहरुमा पनि सो पार्टीको जिल्ला कमिटी गठन हुन बाँकी रहेको छ । यो प्रदेशमा सम्भवतः सबैभन्दा पहिले कैलालीमा जिल्ला कमिटी गठन गरिएको छ । प्रदेश सभामा यो पार्टी १४ प्रदेश सभा सदस्यका साथ सबैभन्दा ठूलो दल बनेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...