टिप्परको ठक्करबाट एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१३, राजपुर चोकस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००१– त २६४५ नम्बरको टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

Dadeldhura hospital

गोदावरी–५ का २७ वर्षीय अर्जुन चौधरीले चलाएको टिप्परको ठक्करबाट बैतडीको पाटन नगरपालिका–६ का ५३ वर्षीय मन्दिर सिंह विष्टको मृत्यु भएको हो। उनलाई बाटो काट्ने क्रममा टिप्परले ठक्कर दिएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

गम्भीर घाइते भएका उनलाई उपचारका लागि माया मेट्रो अस्पताल, धनगढी लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको कैलाली प्रहरीले बताएको छ । उनको शव अस्पतालमा नै छ ।

Loading...