धनगढीमा पनि एमसीसी खारेजका लागि अभियान सुरु





धनगढी, २३ भदौ- धनगढीमा अमेरिकी सहायता परियोजना (एमसीसी) खारेजका लागि अभियान सुरु भएको छ । एमसीसी खारेज अभियानको भेला आयोजक समिति सुदूरपश्चिमका युवाहरुको सञ्जालले उक्त अभियान सुरु गरेका हुन् ।


जसअन्तरगत बुधबार उनीहरुले धनगढीको मुख्य बजारमा एमसीसी खारेजको माग गर्दै विरोध जुलुस निकालेका छन् । उनीहरूले राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एससीसी पूर्ण रुपमा खारेज गर्न माग समेत गरेका छन् ।



