सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिने तयारी

धनगढी,२२ भदौ– सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिने तयारी भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन् ।

Dadeldhura hospital

दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अहिले राजीनामा दिने बारे छलफल भईरहेको राज्यमन्त्री गहतराजले बताईन् । विगतमा शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिएका हुन् ।

सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। त्यसैले अब सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीको सयुक्त सरकार हुने देखिएको छ।

Loading...