छाडा पुशचौपाया साझा समस्या हो : सरोकारवाला




अत्तरिया, २१ भदौ- धनगढीमा छाडा पुशचौपायाका समस्याका बारेमा छलफल भएको छ । कैलाली र कञ्चपुरमा बढ्दै गएको छाडा पशु चौपायाहरु के कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने हेतुले कृषि सहकारी प्राकृति समिति काठमाण्डौँले छलफल गरेको हो । कार्यक्रमको समन्वय सुदूरपश्चिम भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रहेको थियो ।


कैलाली र कञ्चनपुरका स्थानीय सरकार तथा विभिन्न निकायहरुको सहभागितामा भएको छलफलमा छाडा पशु चौपायाहरु कुनै एक निकायले मात्र पहल गर्दा व्यवस्थापन तथा नियन्त्रण गर्न नसकिन्ने बताए ।


कार्यक्रममा सुदूरपश्चिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनीता देवी चौधरीले प्रदेश सरकारको एक्लो प्रयासमा मात्र छाडा पशुचौपाय व्यवस्थापन गर्न मुस्किल रहेको बताईन । पशुचौपाया व्यवस्थापनका लागि स्थानीयहरु पनि सक्रिय बन्न आवश्यक रहेको उनले उल्लेख गरिन् ।

यस्तै कार्यक्रममा पशु विज्ञ स्नेहा श्रेष्ठले कैलाली र कञ्चनपुरमा छाडा पशुचौपाय समस्या विकराल भएको बताउँदै यसको व्यवस्थापनका लागि तीन तहका सरकार गम्भिर बन्न आवश्यक रहेको बताईन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख वामदेव गौतमले प्रहरीले आफ्नो जेनचतनामुलक कार्यक्रम अगाडि सारेको बताए । ‘सडकमा छाडिएका पशुचौपाया व्यवस्थित गर्न प्रहरीले आफ्नो तर्फ विभिन्न कार्यक्रम गरीरहेको छ’ उनले भने । ‘जस्तै जनचेतानामुलक कार्यक्रम, चौपाया हटाउने लगायत छन् ।’
सुदूरपश्चिममा छाडा पशु चौपायाको अवस्थाका बारेमा केन्द्र बाट आएको कृषि सहकारी प्राकृति समितिको टिममा सांसद भवानीप्रसाद खापुङ, भुपेन्द्रबहादुर थापा, राजबहादुर बुढाक्षेत्री लगायतको सहभागिता थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सांसद, स्थानीय तहका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



