सेती प्रयोगशालामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि

अत्तरिया, २१ भदाै– सेती प्रादेशिक अस्पतालमा सोमबार गरिएको कोरोना परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ नमूनाको कोरोना परिक्षण गरिएकोमा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

Dadeldhura hospital

सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा २ जना अस्पतालमा भर्ना भएका छन् । त्यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्। हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । जसमध्ये ६ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।

Navadurga sun
Godawari sandesh

Loading...