बैतडीमा जिप दुर्घटना हुँँदा घाइते ६ जना मध्ये २ जनाको मृत्यु

बैतडी- बैतडीमा जिप दुर्घटना हुँँदा घाइते ६ जना मध्ये २ जनाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–१ मा शनिवार बिहान भएको जिप दुर्घटनामा घाइते भएका ६ जना मध्ये १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ च ४०२८ नम्बरको जिप गणानबाट इराना जाँदै गर्दा सिगास १ को माँडौ भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिपमा चालकसहित ८ जना सवार रहेका थिए । दुर्घटनामा घाइते ४० वर्षीया तुलसी धामी, १८ वर्षीया कमला धामी १४ वर्षीया धौली धामी र १६ वर्षीया निरा धामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाको छ ।

Loading...