विश्व बैंकको ऋण सहयोगमा सहजपुर–निगाली सडक स्तरोन्नति गरिँदै

धनगढी- कैलालीको चुरे गाउँपालिकामा झण्डै १५ किलोमिटर सडक स्तरोन्नतिको काम अघि बढ्ने भएको छ। विश्व बैंकको ऋण सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत चुरे गाउँपालिकाको सहजपुर–निगालीसम्म १४.८५ किलोमिटर सडक स्तरोन्नति गरिने भएको हो । 

Ganyapdhura gau

प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम प्रादेशिक आयोजना व्यवस्थापन एकाइ धनगढीका प्रमुख जगतराज जोशीले सहजपुरदेखि गाउँपालिकाको केन्द्रसम्म सडक स्तरोन्नति हुने बताए ।

Navadurga sun
Dadhaldhura pur

सहजपुरदेखि चुरे गाउँपालिकाको केन्द्रसम्म साढे ६ मिटर चौडाइ र त्यसपछि सिंगल लेन सडक कालोपत्र हुने उनले बताए ।

उक्त सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान गरी सम्झौता प्रक्रिया अन्तिम चरणमा पुगेको आयोजना व्यवस्थापन एकाइ कार्यालय धनगढीले जनाएको छ । एकाइ प्रमुख जोशीले सडक क्षेत्रमा पर्ने रुख कटानका लागि आवश्यक प्रक्रिया सुरु गरिएको र सो काम सकिएपछि सडक स्तरोन्नतिको काम सुरु हुने बताए ।

यसैगरी, चुरे गाउँपालिका क्षेत्रभित्र ‘ट्याक’ खोलिएका कच्ची सडकलाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नतिको काम भइरहेको छ । चौमाला–गर्भा दरबार, चौमाला–खैराला, सहजपुर–अलाडनिगाली, देउराली–मौरे सडकको ठेक्का सम्झौता भई स्तरोन्नतिको काम भइरहेको गाउँपालिकाका इन्जिनियर उमेशराज जोशीले बताए ।

चुरे गाउँपालिकास्थित ६ वटै वडा गाउँपालिकाको केन्द्रसँग सडक सञ्जालले जोडिएकाले क्रमशः सबै सडकको स्तरोन्नति गर्दै जाने गाउँपालिकाको नीति रहेको उनले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...