

डडेल्धुरा- डडेल्धुरामा मेयर सम्मेलन हुने भएको छ । पुस १५ र १६ गते जिल्लाको परशुराम नगरपालिकामा मेयर सम्मेलन हुने भएको हो ।




सम्मेलनमा धनगढी उपमहानगरपालिकाका प्रमुख, सुदूरपश्चिमका सबै नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्षहरूको सहभागिता रहने आयोजक परशुराम नगरपालिकाले जनाएको छ ।


परशुरामका मेयर भरत बडायर जोशीले स्थानीय तह बिचको समन्वय र सहकार्य मार्फत विकास प्रवर्द्धनका लागि सम्मेलन आयोजना गर्न लागिएको बताए ।
सम्मेलनले प्रमुख सरोकारवाला, विषय विज्ञ, स्थानीय, प्रादेशिकलगायत सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकै ठाउँमा राखी सुदूरपश्चिमको बृहत् विकासका लागि सहयोग बढाउन, विकासका नवीन आयामबारे विचार आदानप्रदान र दिगो रणनीतिहरू निर्माण गर्न मञ्च प्रदान गर्ने अपेक्षा गरिएको जोशीले बताए ।

