गोदावरीमा कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा भदौ ८ गतेदेखी (सूचना सहित)

अत्तरिया, ४ भदौ- कैलालीको गोदावरी नगरपालिकामा यही महिना भदौ ८ गतेदेखि कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ ।
नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुमा साउन १३ गतेदेखी संचालन भएको कोरोना बिरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाई दोस्रो मात्राको प्रखाईमा बसेकाहरुलाई युही भदौ ८ गतेखी ११ गते सम्म खोप लगाइने नगरपाालिकाले एक सुचना जारी गर्दै जानकारी गराएकाे हो ।

Ganyapdhura gau

जसमा गोदावरी नगरपालिकाको विकट वडा नं ४ मा रहेको हाटखोली शहरी स्वास्थ्य क्लिनिक र फुलबस्ती शहरी स्वास्थ्य क्लिनिकमा भदौ ८ र ९ गते खोप लगाइने छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

त्यस्तै मालाखेती अस्पताल, गोदावरी स्वास्थ्य चौकी, गेटा स्वास्थ्य चौकी, बडेहा स्वास्थ्य चौकी, बेलादेवीपुर स्वास्थ्य चौकी, चाप सल्ली शहरी क्लनिक, खमौरा शहरी क्लिनिक, जमुनाभाडी शहरी क्लिनिकमा भदौ ८ गतेदखी ११ गते सम्म खोप लगाइने ब्यबस्था मिलाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बिहान १० बजेदेखी ४ बजे सम्म खोप लगाउन सकिने जनाएको छ ।

खोप लगाउन जादाँ पहिलो मात्रा लगाएको खोप कार्ड अनिवार्य लैजानुपर्ने छ । भेरोसेल खोपको पहिलो मात्र लगाएका ब्यक्तिहरुले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन स्वास्थ्य शाखाले अनुरोध गरेको छ ।

गोदावरी नगरपालिकामा अहिले सम्म १० हजारले कोरोना बिरुद्धको खोप लगाएका छन्। जसमा ८ हजारले दुवै मात्राको खोप पाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Couple
Loading...