एक आपसमा मोटरसाईकल ठोकिँदा ४ जना घाईते





कञ्चनपुर, ३१ साउन- जिल्लाको कृष्णपुरमा मोटरसाइकल दुर्घटना हुँदा ४ जना घाईते भएका छन । कृष्णपुरको वाँणीमा २ मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटनामा कृष्णपुरका १९ वर्षीय मनिष बोहरा, १७ वर्षीय रविन्द्र बोहरा, लालझाडी गाउँपालिका वडा नं.५ बस्ने २४ वर्षीय नविन विष्ट र कृष्णपुर वडा नं. २ का ३८ वर्षीय लक्ष्मण गिरी घाइते भएका हुन ।


पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ प ७७२० र पश्चिमबाट पूर्वतर्फ आइरहेको सुप ०१-००१ त २४१० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किए दुर्घटना भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । घाइते सबैको वाणीमै उपचार गरिएको प्रहरीले जनाएको छ ।



