ढुङ्गे बजारमा ‘उज्यालो धनगढी’को ३७औँ हाइमास लाइट सञ्चालनमा

धनगढी- धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका–६ स्थित ढुङ्गे बजारमा ३७औँ हाइमास लाइट जडान गरी सञ्चालनमा ल्याइएको छ।

‘एक वडा, एक व्यावसायिक केन्द्र’ कार्यक्रमलाई लक्षित गर्दै ढुङ्गे बजारमा हाइमास लाइट जडान गरिएको हो। नवनिर्मित हाइमास लाइटको वडा नम्बर ६ का वडाध्यक्ष भागिराम चौधरीले उद्घाटन गरेका हुन्।

Navadurga sun

उपमहानगरपालिकाका अनुसार ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत नगरका विभिन्न स्थानमा हाइमास लाइट जडान गर्ने कार्यलाई निरन्तरता दिइएको छ। सोही अभियानअन्तर्गत ढुङ्गे बजार क्षेत्रमा पनि हाइमास लाइट जडान गरिएको हो।

व्यस्त तथा सार्वजनिक आवागमनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको ढुङ्गे बजारमा हाइमास लाइट सञ्चालनमा आएपछि रातिको समयमा हुने आवागमन तथा सार्वजनिक गतिविधिमा सहजता हुने अपेक्षा गरिएको छ।

नगरका विभिन्न क्षेत्रलाई थप उज्यालो, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले ‘उज्यालो धनगढी’ कार्यक्रम सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ।

ADD Khali jpg
Loading...