अछाममा अरिङ्गालको टोकाइबाट ५७ वर्षीय साउदको मृत्यु

अछाम- अछाममा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–४ का ५७ वर्षीय हरिपाल साउदको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बुधबार बाटोमा हिँडिरहेका बेला अरिङ्गालले टोकेपछि साउद घाइते भएका थिए। उनको अवस्था गम्भीर भएपछि उपचारका लागि धनगढीतर्फ ल्याउँदै गर्दा सोही दिन बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Navadurga sun

प्रहरीका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।

ADD Khali jpg
Loading...