बाघको आक्रमणबाट महिलाको मृत्यु





बर्दिया- बर्दिया राष्ट्रिय निकुञ्जमा मंगलबार बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । निउरो टिप्न गएका ४ महिलामध्ये ठाकुरबाबा नगरपालिका वडा नं.७ की अन्दाजी ५९ वर्षीय डल्ली रावतको बाघको आक्रमणमा परी मृत्यु भएको थियो । मृतक रावतलाई बाघले लगेको र खोजी गर्दा निकुञ्जको बघौरा फाँटमा उनको शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।


गत साउनयता बर्दियामा बाघको आक्रमणबाट ९ जनाको ज्यान गइसकेको छ । पछिल्लो समय बाघको आक्रमण निरन्तर भइरहेको हुँदा निकुञ्ज प्रशासनले सचेतना गराइरहेको छ ।



