सुनबरा नदीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–९, सिसैयाकी १० वर्षीया बालिका सञ्जु विष्टको नदीमा डुबेर मृत्यु भएको छ।

स्थानीय सुनबरा नदीमा पौडी खेल्ने क्रममा डुबेकी विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार बालिकाको शव महाकाली प्रादेशिक अस्पतालमा पोस्टमार्टम भइरहेको छ। पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

Navadurga sun

यसैबीच, शुक्रबार महाकाली नदीको शारदा ब्यारेक (बनबासा पुल) बाट हाम फालेर बेपत्ता भएका दार्चुलाका २७ वर्षीय सुनीलसिंह खत्रीको अवस्था अझै अज्ञात रहेको छ।

खत्रीको खोजी कार्य जारी रहे पनि हालसम्म उनको अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...