टिम वाङ्देनकी सुवासना बनिन् ‘द भ्वाइस किड्स’ सिजन–५ की विजेता

टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–५ को उपाधि सुवासना खड्काले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी खड्काले उपाधि जितेकी हुन्।

उपाधिसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। फिनालेमा कुल ८ जना प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

Navadurga sun

जितपछि सुवासनाले टिम वाङ्देनलाई जसरी पनि जिताउनुपर्छ भन्ने आफूलाई लागेको बताइन्। पहिलोपटक कोच बनेका वाङ्देन शेर्पाले भने आफ्नो टिमले उपाधि जित्दा सपनाजस्तो महसुस भएको प्रतिक्रिया दिए।

फिनालेमा टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन, टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल तथा टिम वाङ्देन शेर्पाबाट सुवासना खड्का र क्रिएसन रोका प्रतिस्पर्धामा थिए।

ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालसहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरेका थिए।

कार्यक्रमको अन्त्यमा होस्ट सुशील नेपालले ‘द भ्वाइस अफ नेपाल’ सिजन–८ चाँडै दर्शकमाझ आउने जानकारी दिएका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...