कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा प्रहरीले लागूऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१९ बागफाटाबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँका ३० वर्षीय भुवन महरा, १९ वर्षीय उत्तम कठायत र २६ वर्षीय खगेन्द्रराज बोहरा पक्राउ परेका हुन्।

Navadurga sun

गोप्य सूचनाका आधारमा प्रहरी चौकी बागफाटाबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ चेकजाँच गर्ने क्रममा उनीहरूबाट उक्त लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...