आजको मौसम : देशभर मनसुनी प्रभाव, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकीका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र कोशीका केही स्थानमा वर्षा भइरहेको छ। गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको छ।

Navadurga sun

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली–पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा धेरै स्थानमा वर्षा हुनसक्नेछ। यी प्रदेशका केही स्थानमा भारी वर्षा तथा सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न महाशाखाले अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...