बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे ३ वर्षको कैद सजाय

सुर्खेत- जिल्ला अदालत सुर्खेतले बलात्कारको झुठो आरोप लगाउने महिलालाई साढे ३ वर्ष कैद सजाय सुनाएको छ ।
न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई ३ वर्ष ६ महिना कैद सजाय सुनाएको हो ।

Dadeldhura hospital

ती महिलाले वीरेन्द्रनगर नगरपालिकाको एक शाखामा कार्यरत कर्मचारीले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई ३ वर्ष कैद सजाय तोकिएको अदालतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

श्रेष्तेदार बास्कोटाका अनुसार कैद सजाय तोकिएकी ती महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार समेत गरिएको छ ।

Loading...