बैतडीमा अवैध सामान बेवारिसे अवस्थामा फेला

बैतडी- बैतडीमा अवैध सामान बेवारिसे अवस्थामा फेला परेका छन् । प्रहरीले शनिबार साँझ भन्सार छलीका अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो ।

जिल्लाको दशरथचन्द नगरपालिका–१० अदरपिण्डबाट भारतबाट भन्सार छलेर ल्याएका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

३१ हजार ८०६ रुपैयाँ बराबरको भन्सार छलीको चिनी, मिश्री, खानेतेल, चप्पल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।

Loading...