भूटानबाट आईपुग्याे २ लाख ३० हजार डोज खोप

काठमाडौं, २२ साउन- भूटानबाट २ लाख ३० हजार डोज खोप नेपाल आईपुगेकाे छ । भूटान सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको २ लाख ३० हजार डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । नेपाल सरकारले खोप सहयोग गरेकोमा भूटान सरकारलाई धन्यवाद व्यक्त गरिएको छ ।




