साउन ३० भित्र वडा कमिटीहरु गठन गर्न माओवादी केन्द्रको निर्देशन
काठमाण्डौ, १७ साउन- यही साउन ३० गतेभित्र वडा कमिटीहरु गठन गर्न नेकपा माओवादी केन्द्रले निर्देशन दिएको छ ।
आज बसेको स्थायी कमिटी बैठकले साउन ३० गते भित्र पार्टीको वडा कमिटीहरु गठन गरेर अद्यावधिक विवरण सम्बन्धित कमिटीबाट लिएर आउन निर्देशन दिएको हो।

यस्तै सो बैठकले साउन २० गतेका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकलाई १० दिनपछि सारेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस अघि माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपालाई २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पुरानै अबस्थामा फर्काइ दिएको थियो ।
