


बझाङ- बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । दिउँसो एक बजेदेखि सुरु गर्ने भनिएको मतगणना २ बजे मात्र सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिका- १ र २ बाट गणना थालिएको छ ।


शनिबार सम्पन्न उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार मैदानमा छन् ।



