धनगढी- सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा कम्प्युटर अपरेटर पदमा कार्यरत ३३ वर्षीय जितबहादुर मयालको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार साँझ आफ्नै गोठ निर्माण गर्ने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर मयाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लालरत्न अस्पताल, लम्कीमा लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
