Satyawati
Division ban Pahalmanpur

बझाङ उपनिर्वाचन: कर्मचारी, १२ सय प्रहरी र ६५१ जनशक्ति परिचालन

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बझाङ- बझाङमा उपनिर्वाचनका लागि कर्मचारी मतदान स्थल तर्फ लागेका छन् । कर्मचारीलाई नियुक्तिपत्र र मतदान सामग्री बुझाएर मतदान स्थल तर्फ खटाइएको छ । मतदानका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान कर्मचारी र सहायक कर्मचारीले नियुक्तिपत्रसँगै निर्वाचन खर्च र सामग्री बुझाएर सुरक्षाकर्मी सहित मतदान केन्द्र र मतदान स्थलमा पठाएको छ प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । आगामी वैशाख १५ गते बझाङमा हुने प्रदेशसभाको उपनिर्वाचनका लागि १२ सयको संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रजिअ कुइँकेलले निर्वाचन लक्षित सुरक्षा योजना तयार गरी उक्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिए। निर्वाचनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरेर सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । म्यादी प्रहरीको प्रयोग नहुने भएकोले दुई सङ्गठनका प्रहरी निर्वाचनमा प्रयोग हुने कुइँकेलले बताए । उपनिर्वाचनलाई शान्त र भय रहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन क्षेत्रभित्र रहेका मतदान केन्द्रलाई संवेदनशीलताको आधारमा वर्गीकरण गरेर सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कुईकेलको भनाई छ ।

Malpot office dadeldhura

बझाङ जिल्ला भरमा ९३ मतदान केन्द्र र ७४ मतदान स्थल रहेका छन्। जिल्ला निर्वाचन कार्यलयले मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई मतदान केन्द्रमा खटाएर बिहीबार नै प्रहरीहरू समेत परिचालन गरिएको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयले भने आज कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्रमा खटाएको छ।

जिल्ला निर्वाचन कार्यालय बझाङका निर्वाचन अधिकृत मानबहादुर धामीका अनुसार सोमबार नै साइपाल गाउँपालिका अन्तर्गतका ५ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाई सकिएको भए पनि अन्य पालिकाका लागि आज अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पठाएको बताए।

आयोगकाअनुसार प्रत्येक मतदान केन्द्रमा सातजना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाएको छ। मतदान केन्द्र अनुसार बझाङमा ६५१ जनशक्ति परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँचजना सहयोगी कर्मचारी खटाइएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...