साइबर अपराधमा बझाङकी रश्मिला धामी पक्राउ

बझाङ- सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको र फेसबुक लाइभमा बसेर व्यक्तिको मान प्रतिष्ठा माथि प्रहार गरेको उजुरी पछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी छन् ।

पीडित साइबर ब्युरो ४८ (नाम परिवर्तन) को जाहेरीमा नेपाल प्रहरीको साइबर ब्युरोले बझाङकी २८ वर्षीया धामीलाई काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navadurga sun

यस अघि साइबर अपराधकै मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएकी धामीले सजाय भुक्तान नगर्दै फेरि सोही प्रकृतिको अपराध गरेको पाइएपछि अदालतबाट पक्राउ पुर्जी जारी गरी अनुसन्धानका लागि हिरासतमा लिइएको नेपाल प्रहरी साइबर ब्युरोका प्रहरी उपरीक्षक दिपक अवस्थीले बताए ।

साइबर ब्युरो २६ को जाहेरीका आधारमा यसअघि मुद्दा चलेकोमा जिल्ला अदालत काठमाडौँले गत फागुन ३० गते रश्मिला धामीलाई साइबर अपराधमा दोषी ठहर गर्दै ७ दिन कैद, ३० हजार जरिवाना र पीडितलाई डेढ लाख क्षतिपूर्ति भराउने फैसला गरेको थियो। सो फैसलाको पूर्ण पाठ नआउँदै रश्मिला धामीले सामाजिक सञ्जाल मार्फत पुनः आपत्तिजनक ढंगले चरित्र हत्या गरेको भिडिओ तथा अन्य प्रमाण सहित जाहेरी परेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...