बझाङमा समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

बझाङ- धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । जहाजको दुबै तिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउण्डेड गरिएको छ ।

नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन् । जहाजमा रहेका एकजना यात्रु अशोकबहादुर सिंहले इन्धन चुहिएको बारे एयर होस्टेजलाई जानकारी दिएपछि मात्रै चालक दलका सदस्यलाई विमानमा आएको खराबीबारे जानकारी भएको थियो।

Navadurga sun

त्यसपछि उड्नै लागेको जहाजको पंखा बन्द गरी उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भए लगतै विमानस्थलस्थित अग्नी नियन्त्रकको टोलीले जहाजको निरीक्षण गरेको थियो । काठमाडौँबाट इन्जिनियर आएर विमानको मर्मत गरिसकेपछि मात्रै उडान हुने समिट एयरले जनाएको छ । ‘दुवै ठाउँबाट इन्धन लिक भएको रहेछ । यस्तोमा इन्जिन तातिए पछि आकास मै आगो लाग्ने खतरा हुन्छ समिट एयरका कर्मचारी रोसन सिंहले भने ‘अब काठमाडौँबाट इन्जिनियर आएर मर्मत गरे पछि मात्रै जहाज हुनेछ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...