परशुराम नगरपालिकाको पाँच वर्ष कार्यकालमा विभिन्न कार्यहरू सम्पन्न

प्रकाश बहादुर बोहरा/अत्तरिया- परशुराम नगरपालिका को स्थानीय तह को पहिलो निर्वाचन बाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्ष कार्य कालमा विभिन्न आर्थिक सामाजिक शैक्षिक भौतिक क्षेत्रमा महत्वपूर्ण विकास निर्माण कार्यहरू सम्पन्न भएका छन् ।

परशुराम नगरपालिका स्थानीय सरकार पहिलो कार्यकालमा भएका विकास निर्माण लगायत प्रगतिको जगमा टेकेर अधुरा र बाँकी रहेका विकास निर्माण कामहरूलाई पूर्णता दिदैँ नयाँ सोच लक्ष्य उद्देश्य र योजना सहित परशुराम नगरका लागि उपयुक्त हुने नीति र कार्यक्रम तर्जुमा गरि नगर प्रमुख भरत बडायर जोशी अगाडि बढ्दै जानु भएको छ ।

परशुराम नगर बासिन्दा जनसमुदायहरू सेवा तटस्थ र निष्पक्ष रुपमा इमानदारी पूर्वक प्रचलित नियम कानुनको पालन गदै आफ्नो जनताहरू ले दिएको अमूल्य मतको उच्च सम्मान सहित जिम्मेवारी र दायित्व प्रति प्रतिवद्ध हुँदै पारदर्शी र उत्तरदायित्व भई सरल र सहज ढंगबाट जनतालाई सेवा प्रवाह गर्ने र स्थानीय तहको विकास निर्माण खटिन प्रतिवद्धता व्यक्त गदै नगरमा गर्नुपर्ने सम्पूर्ण पहिलो प्राथमिकतामा रहेको कार्यहरू समेत गदै आई रहनु भएको छ ।

परशुराम नगरपालिका आफैँमा प्रचुर सम्भावना बोकेको नगरपालिका हो । परशुराम धाम लगायत धार्मिक सांस्कृतिक पर्यटकीय क्षेत्रहरू भएको र प्राकृतिक श्रोत सौन्दर्य र भरिपू्र्ण विकासको सम्भावना बोकेको नगरपालिका पनि हो । परशुराम नगर जनसमुदायहरूको इच्छा र आकांक्षा र माग परिपूर्ति गदै विकास निर्माणमा टेवा पुर्‍याउँदै आउनु भएको छ ।

udhok dadeldhura

आर्थिक वर्ष २०७९/०८० बजेट निती तथा कार्यक्रमको कार्यान्वयनमा देखिएका सुधारात्मक पक्षहरूलाई सुधार बजेट तर्जुमा पारित गर्ने सहयोग समन्वय सहजिकरणमा ठूलो भूमिका देखिएको छ ।

नगर प्रमुख जोशीले भने, ‘परशुराम नगरपालिका १२ वटै वडाका अध्यक्षहरू, नगरपालिका कार्यपालिका सदस्यहरू, विभिन्न समितिका संयोजकहरु, राजनीतिक दल, प्रमुख प्रतिनिधिहरू, उद्योग व्यवसायिक, समाजसेवी, पत्रकार महोदय नागरिक समाज बुद्धिजीवी तथा अहोरात्र खट्ने सम्पूर्ण कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौँ ।’

परशुराम नगरपालिका जनताका आधारभूत आवश्यकता पुरा गर्न निरन्तर रूपमा रात दिन नभनी केवल जनताका पक्षमा युवाहरूका पक्षमा विकास निर्माण कार्यमा नगर प्रमुख जोशी सक्रिय रहँदै आउनु भएको छ ।

हाल सम्म प्रगति विवरण र निम्न लिखित काम कार्यहरू यस प्रकार रहेका छन् ।
१) परशुराम नगरपालिका १२ वटै वडाका दुर्गम बस्तीमा विद्युत पोल इन्टरनेट जडान सञ्चार माध्यम टावर सुविधा सुचारु दिँदै आएको ।
२) परशुराम नगरपालिका १२ वटै सडक निर्माण योजना काम कार्य सुचारु ।
३) परशुराम नगरपालिका १२ वटै विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार लागि भौतिक संरचना भवन निर्माण सुविधा सुचारु दिँदै आएको ।
४) परशुराम नगरपालिका १२ वटै विद्यालय मा विद्यार्थीहरू स्वास्थ्य प्रोफाइल सुविधा कार्यक्रम सम्पन्न ।
५ ) जोगबुढा अस्पताल मा २ वटा एम्बुलेन्स सेवा सुविधा उपलब्ध धनगढी अस्पताल लैजान महिला सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा निःशुल्क जोगबुढा अस्पतालद्वारा समय-समयमा स्वास्थ्य निःशुल्क विभिन्न रोग उपचार आँखा अन्य चेकजाँच उपचार पद्धति शिविर सञ्चालन कार्यक्रम सम्पन्न ।
६ ) परशुराम नगरपालिका १२ वटै वडाका कृषि पशुपन्छी तथा आधुनिक युग कृषि सामाग्री विशेष जोड दिँदै आएको ।
७) शिक्षा तथा खेलकुद क्षेत्रमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेयर र उपमेयर कप पुरुष क्रिकेट टिम पूर्णता जोड दिँदै युवायुवतीहरु लक्षित वर्गका बालबालिकाहरूलाई विशेष जोड दिँदै आएको ।
८) परशुराम नगरपालिका वडा नं १२ सहरी विकासद्वारा जोगबुढा बजार सडक कालोपत्रे सुचारु ।
९) परशुराम नगरपालिका वडा १२ वटै वडाका सडक निर्माण कार्य तिव्र गतिमा बजेट विनियोजन रहँदै आएको ।
१०) परशुराम नगरपालिका १२ वटै वडाका कृषि बिउ बिजन लागि सिँचाइ कुलो मर्मत निर्माण कार्यमा सक्रिय रहँदै आएको ।
११) परशुराम नगरपालिका १२ वटै वडाका गाउँ टोल समुदायमा सडक खण्ड निर्माण प्राथमिकता दिँदै आएको ।
१२) परशुराम नगरपालिका १२ वटै विपद् व्यवस्थापनको चुनौती समस्या समाधानका परिवारलाई राहत बितरण दिँदै आएको ।
१३) परशुराम धाम पवित्र तीर्थस्थल देवघाट गङ्गा स्नान क्षेत्रमा विविध योजना सुन्दर पानी फहरा निर्माण एवम् मन्दिर संरक्षण निरन्तरता दिँदै आएको ।
१४) परशुराम नगरपालिका १२ वटै मठमन्दिर निर्माण कार्यमा सक्रिय व्यवस्थापन निरन्तरता दिँदै आएको ।
१५) परशुराम नगरपालिका १२ वटै स्वास्थ्य चौकी एवम् सेवा सुविधा उपलब्ध निरन्तरता दिँदै आएको ।
१६) परशुराम नगरपालिका क्षेत्रमा समस्या रहेका खोला नाला तटबन्ध र पुल निर्माण योजना निरन्तरता दिँदै आएको ।
१७) परशुराम नगरपालिका एवम् दीर्घ रोगी व्यक्तिलाई स्वास्थ्य बिमा एवम् हृदय घातक रोग उपचारको मानिसलाई स्वास्थ्य शाखाद्वारा प्रमाणित गरि महिना को ५ हजार भत्ता सुविधामा निरन्तरता ।
१८) परशुराम नगरपालिका विभिन्न सङ्घसंस्था प्रोजेक्ट प्रयोजनद्वारा सञ्चालित घरेलु उद्योग दुना टपरी महत्वपूर्ण कार्यक्रम सम्पन्न ।
१९) महिला बालबालिका ज्येष्ठ नागरिक शाखाद्वारा विभिन्न युवा क्लब युवा युवतीहरूलाई उद्यमशील लक्षित कार्यक्रम किशोर किशोरी समुह समुदाय महिला हिंसा विरुद्ध अभियान तालिम परिक्षण सञ्चालन निरन्तरता दिँदै आएको ।
१९) परशुराम नगरपालिका १२ वटै वडाका गरिब दलित जनजाति लक्षित वर्गका बालबालिकाहरूलाई अपाङ्गता परिचय पत्र प्राथमिक दिँदै आएको ।
२०) परशुराम नगरपालिका भित्रि मधेश क्षेत्रकै एकमात्र क्याम्पस जोगबुढाका क्याम्पस विविध एवम् खेलकुद सामाग्रीहरू लगायत भौतिक संरचना भवन निर्माण सुचारु ।
२१) परशुराम नगरपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण विद्यालय कार्यक्रम एवम् गाउँ टोल टोलमा छरी छिमेकी समुदायको परम्परागत शैली लोप सांस्कृतिक सम्पदा क्षेत्रलाई प्राथमिकतामा राख्दै एक अर्काको भावनात्मक एकतामा शुभकामना आदानप्रदान तथा हाम्रो समाजमा संलग्नता रहँदै दिँदै आउनुका साथै यी आदी काम काम भएका छन् ।
परशुराम नगरपालिकामा थुप्रै काम विविध पक्ष गतिविधिलाई समेट्ने गरि परशुराम नगरपालिका १२ वटै भरि नै गाउँ टोल सुधार लागि खानेपानी तथ सरसफाइ विपद् व्यवस्थापनका जलवायु परिवर्तनका दिगो विकास लक्ष्य सामाजिक समावेशीकरण तथा लैङ्गिक समानता सामाजिक न्याय निरुपण तथा विकास उन्मुख नगर निर्माण लागि दिगो गुणस्तरीय र रोजगारी गरिबी न्यूनीकरणका तथा आर्थिक विकासमा उच्च योगदान पुर्‍याउँदै भौतिक पूर्वाधार विकास तथा विस्तार जस्ता विषयगत क्षेत्रमा सम्बोधन गर्न विशेष भूमिका खेलेका छन् उहाँलाई परशुराम नगर बासिन्दा जनसमुदायहरू उच्च सम्मान सहित विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनका अनुगमन तथा मूल्यांकन गदै थप बजेट सम्बन्धित सरोकारवाला निकायहरू लाई माग पहल सम्बोधनका साथ चरणमा आम परशुराम नगर बासिन्दा संघ तथा प्रदेश सरकार संघीय सरकार विकास साझेदार सामुदायिक क्षेत्र तथा नागरिक समाज लगायत सम्पूर्ण सहयोग समन्वय र सहकार्य रहनेमा म विश्वस्त छु नगर प्रमुख जोशीले भने ।
अझै यस्तै काम कार्य गदै जानु तपाईं हाम्रो विश्वास साथ समर्थन सहयोग सुझाब सल्लाह सोधपुछ जानकारी दिनु होला परशुराम नगर बासिन्दा जनसमुदायहरू हार्दिक अपील गर्दछौँ ।
सत्य कर्म सत्य मन वचन र कर्मले जनसेवामा जुट्ने नगर प्रमुख जोशीलाई थप तपाईं हरूको साथ समर्थन लागि यो भिडियो हेर्नुहोस् ।

परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीका कार्यहरुको भिडियो क्लिपहरु हेर्न यहाँ Click गर्नुहोस्

 

 

Loading...