एकता प्रगतिशिल सहकारीको भवन शिलन्यास

अत्तरिया- एकता प्रगतिशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३ कोठे भवनको शिलान्यास गरिएको छ । गोदावरी नगरपालिका वडा नं. ८ जमुनानगरमा निर्माण गर्न लागिएको संस्थाको कार्यालय भवनको बिहीबार अत्तरिया सुदूरपश्चिम प्रदेशसभा सांसद चुन कुमारी चौधरीले शिलन्यास गरेकी थिईन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उक्त शिलन्यास कार्यक्रममा बोल्दै सांसद चौधरीले सहकारीको माध्यमबाट ग्रामिण क्षेत्रका विपन्न परिवारलाई प्रत्यक्ष रुपमा सेवा पाईरहेको बताईन् । ‘सहकारीले विपन्न वर्गको आयआर्जन र विकास निर्माणमा सहयोग गरिरहेको छ’ उलने भनीन्- ‘सहकारीले किसानहरुलाई ऋण दिदाँ व्याजदर घटाउनु पर्ने तर्क समेत राखेकी थिईन् । सहकारीले पनि अहिले बैंक जस्तै काम गरिरहेकाले यसबाट स्थानिय जनताले लाभ लिईरहेको समेत सांसद चौधरीले बताईन् ।

सुदूरपश्चिम सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको १३ लाखको लागतमा सहकारीको ३ कोठे भवनको निर्माण भई रहेको सहकारीका अध्यक्ष सुरत बहादुर कार्कीले बताए । उक्त कार्यक्रममा सहकारीका संस्थाका व्यवस्थापक शेर बहादुर बोगटी, एकता समाजकी अध्यक्ष कलावती साउँद र बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

हालसम्म यस सहकारीसंग २ कट्टा जमिन २ तले भवन रहेको छ । एकता समाजकै पहलमा २०६६ सालमा सहकारीको स्थापन भएको थियो । यस सहकारीमा १ हजार ७ सय १० शेयर सदस्य रहेका छन ।

Loading...