गोदावरीमा रोकिएको वडा कार्यालय भवन निर्माणको काम सुरु गरिदैँ

अत्तरिया, ७ असोज । कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ को वडा कार्यालय भवन निर्माणको काम भोलि सोमबार देखि सुरु गरिने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले रोकिएको भवन निमाणर्को काम सुरु गरिने जानकारी दिएको हो ।

नगरप्रमुख विरेन्द्र भट्टले भवन निर्माणका लागि मुख्यमन्त्री, वनमन्त्री, भौतिक पुर्वाधार मन्त्री लगायतका वन संग समन्वय गरेर काम अगाडि बढाउन लागिएको बताए । उनले नगरपालिका संग जग्गा नभएको र किन्न सक्ने अवस्था पनि नभएकाले सार्वजनिक क्षेत्रमा वडाको प्रशासकीय भवन निर्माण गर्न बाध्यता रहेको बताए ।

Bhancha ghar0

यस अघि सामुदायिक वन भित्र भवन निर्माण गर्दा सव-डिभिजन वन कार्यालय अत्तरियाले निर्माणको काम रोकेको थियो । सो क्रममा निर्माणमा खटिएका केही मजदुरलाई समेत वन कार्यालयले पक्राउ गरेको थियो । वनले भदौ ८ गते देखि भवन निर्माणको काम रोकेको छ । उक्त स्थानमा भवन निर्माणका लागि नगरपालिकाले पिके कन्सट्रक्सन संग ८७ लाख ४४ हजार ३ सय ६७ मा ठेक्का सम्झौता गरेको छ । २०८० जेठ ३१ गते भएको सम्झैता अनुसार भवन निर्माणको काम २०८० चैत १५ गते भित्र सक्नुपर्ने छ ।

भवन निर्माणका लागि नगरपालिकाले मौजुदा कोष सञ्चालन निर्देशिका २०७५ बमोजिम जिल्ला समन्वय समिति धनगढीको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा १ करोड ३८ लाख लागत अनुमान गरेर वडा कार्यालयको भवन बनाउन २०७९ चैत २९ गते विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गरेको थियो ।

वसन्तपुर सामुदायिक वन क्षेत्रमा भवन निर्माणका लागि सर्वदलीय सर्वपक्षीय भेलाबाट निणर्य गरिएको वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन । पत्रकार सम्मेलनमा क्रियाशिल सबै राजनीतिक दलका प्रतिनिधि र वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.