कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला





कञ्चनपुर, ३ असार- कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको दोधराचाँदनी नगरपालिका स्याउली बजारका २५ वर्षीय दिनेश सार्की मृत फेला परेका हुन् । आज बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला पहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाक्षेत्रीका अनुसार मृतक ७/८ दिन अघि मात्रै भारतबाट फर्किएको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ।



