अमेरिकी पोर्न स्टार मृत फेला

अमेरिकी पोर्न स्टार डकोटा स्काए लस एन्जल्सस्थित आफ्नै निवासमा हालै मृत फेला परेकी छिन्। पप कल्चर डट कममा प्रकाशित समाचारअनुसार उनको निधनको खबर उनको पतिले प्रहरीलाई दिएका थिए।

केवल २७ वर्षकी उनले केही दिनअघि इन्स्टाग्राममा गत वर्ष प्रहरीद्वारा अपहरणपछि मारिएका अफ्रो अमेरिकन जर्ज फ्ल्याएडको तस्वीरनजिक टपलेस फोटो खिचेर हालेकी थिइन्। जसका कारण उनले सामाजिक सञ्जालमा टझोल र विरोधको सामना गर्नुपरेको थियो। जसपश्चात् उनको हत्या गर्नेसम्मको धम्की सामाजिक सञ्जालमा आएका थिए।

Navadurga sun

यहीबीच उनको निधनको खबरले मानिसहरु आश्चर्यमा परेका छन्। प्रहरीहरु घटनाको छानबिन गरिरहेको समाचारमा जनाइएको छ। आफ्नो निजी जीवनदेखि असन्तुष्ट रहेको भनिएकी उनले सामाजिक सञ्जालमा टझोल गर्नेहरु आफूविरुद्ध खनिएपछि निराशा व्यक्त गरेकी थिइन्।

वास्तविक नाम लरेन केय स्कट भए पनि प्रोनोग्राफिक फिल्ममा डाकेटा स्काईको नामले चिनिने उनले करिब ३ सय अश्लिल फिल्ममा काम गरेकी थिइन्। उनी सन् २०१७ मा आफ्नो प्रेमीलाई गाली गलौज गरेको आरोपमा पक्राउ परेकी थिइन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...