‘सुदूरपश्चिम गाईजात्रा–२’को नयाँ मिति तय, भदौ ३० गते आयोजना हुने

भोटेकोशी बाढीका कारण स्थगित कार्यक्रम पुनः आयोजना हुँदै, टिकटबाट उठेको २५ प्रतिशत रकम बाढीपीडितलाई सहयोग गरिने

धनगढी- भोटेकोशी बाढीका कारण स्थगित भएको ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ आगामी भदौ ३० गते धनगढीमा आयोजना हुने भएको छ।

कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक बैजनाथ सञ्चार प्रालिले स्थगित कार्यक्रम पुनः आयोजना गर्न लागिएको जानकारी दिएको हो।

Navadurga sun

‘सुदूरपश्चिम गाईजात्रा–२’ भदौ ३० गते धनगढीमा आयोजना हुँदैछ। कार्यक्रममा मनोज गजुरेलसहित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहनेछ। टिकटबाट सङ्कलित रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिनेछ।

संस्थाकी प्रबन्ध निर्देशक सरस्वतीकुमारी खड्का भट्टले प्राकृतिक विपद्का कारण देश शोकमग्न तथा विषम परिस्थितिमा रहेकाले यसअघि निर्धारित कार्यक्रम स्थगित गरिएको र अहिले पुनः आयोजना गर्न लागिएको बताइन्।

कार्यक्रममा राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, जोगेन्द्र पानवाला (शिवशङ्करप्रसाद रिजाल), मूलासाग (सुरेन्द्र केसी) लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

गाईजात्रामा हास्यव्यङ्ग्य नाटक, प्रहसन, कविता, गीत–सङ्गीत, देउडा तथा सुदूरपश्चिमका मौलिक लोक एवं सांस्कृतिक प्रस्तुतिमार्फत समसामयिक सामाजिक विषयमा व्यङ्ग्यात्मक सन्देश प्रस्तुत गरिनेछ।

कार्यक्रम मनोरञ्जनमा मात्र सीमित नभई समाजमा देखिएका विकृति र विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको आर्थिक संयोजक शुभेष पाठकले बताए।

उनका अनुसार कार्यक्रममा लागूऔषध दुर्व्यसन, भ्रष्टाचार, साइबर अपराध, घरेलु तथा महिला हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायतका विषयलाई हास्यव्यङ्ग्यका माध्यमबाट प्रस्तुत गरिनेछ।

‘सुदूरपश्चिम गाईजात्रा–२’को मुख्य प्रायोजकमा धनगढीस्थित माया मेट्रो हस्पिटल र प्रायोजकमा चैतन्य पाठशाला रहेका छन्।

यसैगरी कार्यक्रमका लागि बिक्री हुने टिकटबाट सङ्कलन भएको रकमको २५ प्रतिशत भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रमले मनोरञ्जनसँगै सामाजिक विकृति, विसङ्गति र समसामयिक समस्यामाथि व्यङ्ग्य गर्दै जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...