एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ः३० बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रनेछन्।

सुदूरपश्चिम रोयल्सका लागि यो दोस्रो खेल हो भने पोखरा एभेन्जर्सले आज पहिलो खेल खेल्न लागेको हो। सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो।

Navadurga sun

यसअघि प्रतियोगितामा भएका अन्य दुई खेलमा चितवन राइनोज र कर्णाली याक्स विजयी भएका छन्। मंगलबार भएका खेलमा चितवनले विराटनगर किंग्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेका हुन्।

अंक तालिकामा लुम्बिनी लायन्स, कर्णाली याक्स र चितवन राइनोज क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

आजको खेलमा सुदूरपश्चिम पहिलो जित निकाल्दै प्रतियोगितामा फर्कने प्रयासमा हुनेछ भने पोखरा एभेन्जर्स जितसहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छ।

ADD Khali jpg
Loading...