यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम, प्राथमिकतामा कृषि (पूणर्पाठ सहित)

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा विगतका वर्षझैं थुप्रै आकर्षक नाराहरु समेटिएका छन् । यद्यपी नीति तथा कार्यक्रममा समेटिएका कार्यक्रम कार्यान्वयनको विश्वसनीय आधार भने प्रष्ट गरिएको छैन ।

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको हो । जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

पर्यटन पूर्वाधार विकास, एकीकृत बस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास समेट्ने गरी आकर्षक नारासहितका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन पूर्वाधार समृद्ध प्रदेशको आधार नारा दिँदै सरकारले मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ ।

Bhancha ghar0

प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवद्र्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । यस्तै प्रदेश सरकारले आमनागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

गोदावरी-धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । सेती, कणर्ाली र महाकाली नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

आगामी आर्थिक वर्षका लागि एक जिल्ला एक उद्योग, वैदेशिक रोजगारीका क्रममा भन्सार विन्दुबाट बाहिरिनेको अभिलेख राखिने, मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम ल्याइने छ ।

बादी उत्थान छात्रवृत्ति कार्यक्रम, विपन्न वर्ग तथा सहिद बेपत्ता परिवारका विद्यार्थीहरुलाई एमबीबीएस र एमडी अध्ययन गर्न छात्रवृत्ति लगायत कार्यक्रमहरुलाई महत्वका साथ नीति तथा कार्यक्रममा स्थान दिएको छ ।

नीति तथा कार्यक्रम

Leave A Reply

Your email address will not be published.