धनगढी- नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपीडितको राहत तथा उद्धारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको प्रदेश कमिटी सचिवालय बैठकले प्रदेश कमिटीको तर्फबाट उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। साथै, बाढीपीडितलाई आवश्यक सहयोग गर्न सबैलाई आह्वान गर्ने निर्णय गरिएको प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले जानकारी दिनुभयो।

पार्टीका उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यता तथा प्रदेश इन्चार्ज दामोदर भण्डारीको विशेष आतिथ्यतामा बैठक सम्पन्न भएको थियो।
बैठकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेको छ।
