भोटेकोशी बाढीले रसुवा र नुवाकोटका ८ विद्यालयमा क्षति

काठमाडौं- अप्रत्यासित रूपमा भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटका ८ वटा विद्यालयमा क्षति पुर्‍याएको छ। प्रारम्भिक विवरणअनुसार क्षति पुगेका विद्यालयमध्ये ७ वटा रसुवाका र एउटा नुवाकोटको रहेको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे सामुदायिक विद्यालयको भवनमा ठूलो क्षति पुगेको छ। त्यस्तै, उत्तरगया गाउँपालिकामा रहेको उत्तरगया विद्यालयमा समेत बाढीले क्षति पुर्‍याएको छ। बाढी आएपछि विद्यार्थीहरू भागेर ज्यान जोगाउन सफल भएका छन्।

Navadurga sun

नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा पनि बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ। विद्यालय परिसरमा हिलो र लेदो जमेको छ भने बाढीले बगाएर ल्याएका विभिन्न सामग्रीले विद्यालय क्षेत्र भरिएको छ।

टिमुरे क्षेत्रमा रहेका तीनवटा बोर्डिङ स्कुल र दुईवटा सामुदायिक विद्यालयमा समेत क्षति पुगेको जनाइएको छ। ती विद्यालयहरूको नाम भने खुल्न बाँकी छ। प्रारम्भिक विवरणअनुसार चारवटा विद्यालय बाढीले बगाएको बताइएको छ।

बाढीबाट विद्यालयका भवन, कक्षाकोठा तथा भौतिक संरचनामा क्षति पुगेपछि विद्यार्थीको पठनपाठनसमेत प्रभावित भएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...