विपद्मा उद्धार तथा राहत तीव्र बनाइएको : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र उद्धार तथा राहतमा जुटिरहेको बताएका छन्।

उनका अनुसार बिहान ६:३० बजेदेखि उद्धारका लागि उडान सुरु भइसकेका छन् र १५ भन्दा बढी उडान सम्पन्न भएका छन्। थप हेलिकोप्टरसमेत तयारी अवस्थामा राखिएको छ।

Navadurga sun

नेपाली सेनाको टोलीले रसुवाको टिमुरेबाट ९५ नेपाली र २१ भारतीय गरी ११६ जनाको सकुशल उद्धार गरेको छ। यस्तै, टनेलबाट सात नेपाली नागरिकको समेत उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा उद्धार उपकरण पठाउने काम भइरहेको छ। नुवाकोटमा अस्थायी शिविर स्थापना गरी खाना र पानीको व्यवस्था गरिएको छ।

हेलिकोप्टर उद्धारमा सिकिस्त, वृद्धवृद्धा, महिला र बालबालिकालाई प्राथमिकता दिइने जनाउँदै प्रधानमन्त्री शाहले राज्यका सम्पूर्ण संयन्त्र परिचालन भएकाले धैर्य र संयम राख्न आग्रह गरेका छन्। उनले देशभित्र तथा विदेशमा रहेका नेपाली र अन्तर्राष्ट्रिय समुदायको सहयोगमा विपत्तिको सामना भइरहेको बताएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...